बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षा सिवाकोटी लेख्छिन्, ‘फेसबुकबाट केही दिनको ब्रेक लिँदैछु’

बुधबार, १४ जेठ २०७७, ०९ : ११
बुधबार, १४ जेठ २०७७

नायिका वर्षा सिवाकोटीले केही दिनको लागि फेसबुकबाट ब्रेक लिन लागेको बताएकी छिन् ।

उनले यसबारे जानकारी दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

दुई दिन अघि मात्रै नाम र थर हेरेर मेसेज र कमेन्ट गरिदिन उनले फेसबुकमार्फत् आग्रह गरेकी थिइन् ।

 


उनको स्टेटसमा कमेन्ट गर्दै धेरैले किन यस्तो गर्न लागेको भनेर प्रश्न गरेका छन् ।

कतिले आ–आफ्नो विचार यसमा पोखेका छन् । कतिले उनलाई सल्लाह पनि दिएका छन् ।

एक व्यक्तिले प्रश्न सोधेका छन्, ‘वर्षा नामले अहिलेको अवस्थामा कतिलाई भ्रममा पारेको छ... त्यहि कारणले त होइन नि ?’

यस्तै, अर्का व्यक्तिले लेखेका छन्, ‘जे भएपनि त्यसरी बोल्न नहुने हो ।’

साथै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सहि हो, हिजोआज माहौल धुमलिएको छ बोलेर जवाफ फर्काउनुभन्दा केही दिन आराम दिनु उचित छ यो अवस्थामा ।’

यस्तै, एक व्यक्तिले लेख्छन्, ‘राउतले गरेर इन्बक्समा गाली मात्र छन् होला होइन ? प्रसाद धेरै भयो जस्तो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप