बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी भू-भागमा निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

बुधबार, १४ जेठ २०७७, ०८ : ३१
बुधबार, १४ जेठ २०७७

हाल नेपालको पूर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी  भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा  मेघगर्जन, चट्याङ र हावाहुरी सहित  वर्षाको  सम्भावना रहेकोले तथा नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशको  पूर्वी भू-भाग तथा  मध्य पहाडी भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै  स्थानहरुमा  मेघगर्जन, चट्याङ र हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

बिहिबार देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप