बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जोगवनी नाका हुँदै नेपाल फर्किएका ३ सय ४ जना नेपालीको उद्दार

बुधबार, १४ जेठ २०७७, ०८ : ००
बुधबार, १४ जेठ २०७७

लकडाउनको समयमा भारतको जोगवनी नाका हुँदै नेपाल आएका ३ सय ४ जना नेपालीहरुलाई उद्दार गरिएको छ । मंगलबार साँझ करिब सात बजे उनीहरु नेपाल आइपुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतबाट नेपाल आएका ३०४ जना नेपालीहरूलाई उद्दार गरी विराटनगर १३ स्थित डिएभी स्कुलमा होल्डिङ स्टेशनमा राखिएको छ ।

सूचना अधिकारी तथा प्रवक्ता प्रनाउ मानबहादुर राईका अनुसार ३०४ जना मध्ये २३ जनालाई जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं ४ का वडा अध्यक्षले बुझेर सुनसरीतर्फ लगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप