माथिल्लो मनाङको स्वर्गद्वारीमा १३ यात्रु सवार जीप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
मङ्गलबार, २० भदौ २०७४, १६ : ११
लमजुङ- मनाङको नेस्याङ गाउँपालिका वडा नं १ स्थित स्वर्गद्वारीमा मगंलबार जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेस्याङ–३ ङावलकी निमा हुमा लामा भएको जिल्ला प्रहरी कार्यालय मनाङ प्रहरी नायव अपरिक्षक विरवहादुर पुलामीले बताए ।
नासोङ गाउँपालिका–३ धारापानीबाट माथिल्लो मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा चालक सहित १३ यात्रु रहेका थिए । जिप सडकबाट एकसय मिटर तल मस्र्याङ्दी नदी किनारमा पुगेको बताइएको छ । के कारणले दुर्घटना भएको भन्ने विवरण आइ नसकेको पुलामीले बताए ।
घटनास्थलमा पुग्न सदरमुकाम चामेबाट १ घण्टा ३० मिनेट लाग्छ । सदरमुकाम चामेवाट घटनास्थल जिकटमा भएका कारण यात्रुलाई उद्धार गर्ने कठिनाई भएको मनाङ प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म