शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयर इन्डियाको फ्लाइटमा एक यात्री कोरोना पोजेटिभ

बुधबार, १४ जेठ २०७७, ०७ : ०२
बुधबार, १४ जेठ २०७७

एयर इन्डिया विमानबाट दिल्लीबाट लुधियाना जाने एक व्यक्तिमा कोरोना भेटिएको कम्पनीले जानकारी दिएको छ  ।

कम्पनीको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एलायन्स एयरको सुरक्षा विभागमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

ती व्यक्तिमा कोरोना संक्रमण देखिएलगत्तै विमानमा सवार सबैलाई क्वारेन्टाइनमा पठाइएको छ ।

भारतमा सोमबारदेखि दुई महिनापछि घरेलु उडान पुनः सञ्चालन भएको छ । 
 

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप