कम्युनिस्ट नेता भण्डारीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त
मङ्गलबार, १३ जेठ २०७७, २१ : ५४
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पुराना कम्युनिष्ट क्रान्तिकारी नेता अर्जुन बहादुर भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रचण्डले भण्डारीको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
प्रचण्डले निरङ्कुश व्यवस्था विरुद्धको लडाइँमा चरम यातना सहित जेल नेल भोगेका भण्डारीलाई नुवाकोट जिल्लाका जुझारु एवम् क्रान्तिकारी नेताका रुपमा स्मरण गरेका छन् ।
यसैबीच नेकपा बागमती प्रदेश कमिटीले पनि भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द प्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
भण्डारीको सोमबार राति नुवाकोटमा निधन भएको थियो ।