शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको आर्थिक असर बाग्मतीमा सबैभन्दा बढी

मङ्गलबार, १३ जेठ २०७७, २० : ५६
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । कोरोनाभाइरसको आर्थिक असर बागमती प्रदेशमा सबैभन्दा बढी पर्ने देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेका आर्थिक सर्वेक्षणमा सो प्रदेशले आर्थिक वृद्धिमा सबैभन्दा बढी क्षति व्यहोर्नुपर्ने जनाइएको छ । बागमती प्रदेशले चालू आर्थिक वर्षमा १.२ प्रतिशत मात्रै आर्थिक वृद्धि गर्नसक्ने अनुमान सर्वेक्षणले गरेको छ । 

सबैभन्दा बढी आर्थिक वृद्धि सुदूरपश्चिम प्रदेशको हुने अनुमान छ । सो प्रदेशको  बृद्धिदर ४.१ प्रतिशत रहँदा प्रदेश २ को २.३ प्रतिशत, गण्डकी प्रदेशको २.७ प्रतिशत, प्रदेश १ को ३.४ प्रतिशत र कर्णाली प्रदेशको वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ । 

अहिले बाग्मती प्रदेश सबैभन्दा बढी कूल ग्राहस्र्थ उत्पादन भएको प्रदेश हो । यो प्रदेशले नेपालको कूल ग्राहस्थ उत्पादनको ३६ प्रतिशत हिस्सा ओगट्छ । त्यस्तै, प्रदेश १ ले १६ प्रतिशत, प्रदेश २ र ५ ले १४–१४ प्रतिशत, गण्डकी प्रदेशले ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७ प्रतिशत हिस्सा ओगट्दा कर्णाली प्रदेशले कूल ग्राहस्र्थ उत्पादनको सबैभन्दा कम अर्थात् ४ प्रतिशत हिस्सा मात्रै ओगट्ने अनुमान गरिएको छ ।

यो वर्ष आर्थिक बृद्धि कम भएपछि बागमती प्रदेशको कूल ग्राहस्र्थ उत्पादनको हिस्सा घटेको छ । अघिल्लो वर्ष ४१ प्रतिशत रहेको सो प्रदेशको हिस्सा घटेर ३६ प्रतिशतमा झरेको हो । कर्णाली प्रदेशको कूल ग्राहस्र्थ उत्पादनको हिस्सा ४ प्रतिशतमा स्थिर रहँदा अरु सबै प्रदेशले यो हिस्सा बढाएका छन् । प्रदेश १, प्रदेश २ र प्रदेश ५ र सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशले गुमाएको ५ प्रतिशत हिस्सालाई १–१ प्रतिशतले बाँडेर लिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप