बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा थप ३५ जनामा कोरोना संक्रमण

मङ्गलबार, १३ जेठ २०७७, १९ : ४४
मङ्गलबार, १३ जेठ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङको क्रममा प्रदेशको अवस्था भयावह भइरहेको जानकारी दिए । सचिव घिमिरेकाअनुसार नेपाल–भारत खुला सीमा नाकाका कारण प्रदेश नम्बर २ मा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको हो । उनले रौतहटमा २२, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र धनुषामा १ जनामा कोरोना संक्रमण देखिएको जनाए ।

धनुषामा कोरोना संक्रमण पुष्टि भएका १ पुरुष मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित बेला बस्ने २२ वर्षीय युवक हुन् । त्यस्तै महोत्तरीका पुष्टि भएका मनरासिसवा नगरपालिका वडा नम्बर १० बस्ने ३० र ३५ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयले गरेको छ ।

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा भेटिएका सबै संक्रमितहरुलाई विभिन्न आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सचिव घिमिरेले बताए । त्यस्तै प्रदेश– २ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने उपचार पछि ७६ जना निको भएर घर फर्केको उनले जनाए ।

संक्रमित व्यक्तिहरु भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको सचिव घिमिरेले बताए । यससँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको कूल संख्या २ सय ६८ जना  पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप