भक्तपुरका पत्रकारलाई सुरक्षा सामाग्री वितरण
भक्तपुर । पत्रकारहरुका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिएको छ । कोरोना भाइरसको त्रासका बीचमा पनि अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाई भक्तपुरका भक्तपुर इँटा व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी प्रालिले संयुक्त रुपमा मंगलबार ती सामाग्री प्रदान गरेका हुन् ।
संघको कार्यालयमा आयोजना गरेर जिल्लाका ४७ जना पत्रकारलाई एक थान पिपिई (सुरक्षा कवच), दुई थान एन नाईन्टी फाइभ मास्क र एक थान स्यानेटाइजर वितरण गरिएको हो । कार्यक्रममा भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्बाले कोरोना संक्रमणको जोखिममा अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मीलाई सुरक्षित गर्नुपर्ने दायित्व सम्झेर सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोनाको जोखिममा कतिपय क्रियासिल पत्रकारहरु कार्यक्षेत्र मै खटिएर काम गर्नुपरेको र राज्यले पत्रकारको हकहितका लागि केही नगरेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे