बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लायन्स क्लबद्वारा ७ वटा सीमा सुरक्षा पोष्ट निर्माण

मङ्गलबार, १३ जेठ २०७७, १८ : ३८
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं ।  देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन् । सुरक्षा पोष्ट संरचना नहुँदा अस्थायीरुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्याउन करिब रु चार लाख खर्चिएर जिल्लाको माईपश्चिमका सातवटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाडौँका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएको हो ।

गौरीगञ्ज गाउँपालिका वडा नं २ स्थित लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोष्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरणसमेत गरिएको छ । सुरक्षा पोष्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सेविकाले लायन्सले निर्माण गरेको सातवटै पोष्टका लागि वाटर डिस्पेसरसमेत प्रदान गरिएको थियो । सो अवसरमा प्रदेश नं १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सीमा सुरक्षा पोष्टको अनुगमन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप