इँटाभट्टामा कार्यरत मजदुरकोे मृत्यु
मङ्गलबार, १३ जेठ २०७७, १८ : १६
बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० लोहरौला स्थित इँटाभट्टामा काम कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सोनी इँटाभट्टामा काम गर्ने क्रममा इँटाको चाङमा खसेर गम्भीर घाइते भएका स्थानीय ३२ बर्षिय नारायण पोख्रेलको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो र
भैरहवा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । शवलाई पोस्टमार्टम पछि आफन्तलाई बुझाइएको छ ।