नापी विभागको ताकेता: अनाधिकृत नेपालको नक्सा छापे २० हजार जरिवाना
काठमाडौं । हालै जारी भएको अध्यावधिक नेपालको नक्सा नापी विभागको स्वीकृतिविना व्यवसायिक रुपमा मुद्रण गरी बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी दिएको छ । यसअघि पनि गत जेठ १० गते विभागले सूचना जारी गर्दै अनाधिकृत रुपमा नक्सा छाप्न वा बिक्री वितरण नगर्न आग्रह गरेको थियो ।
मंगलबार विभागले दोस्रो पटक अर्को सूचना निकालेर कानुनविपरित नगर्न सचेत गराएको हो । यसरी कानुनविपरित कसैले नक्सा छापे वा बिक्री वितरण गरे २० हजार जरिवाना र सो सामाग्री बरामद गर्न सकिने विभागको भनाई छ ।
‘कुनै पनि नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृत लिनुपर्ने विषय जग्गा नाँप जाँच ऐन २०१९ को उपदफा ११ घ व्यवस्था भएको हुँदा सो बमोजिम स्वीकृति लिई प्रकाशन, मुद्रण तथा बिक्री वितरण भए नभएको अनुगमन हुँदा सो कानूनी व्यवस्था विपरित पाइएमा त्यस्ता कानुन विपरित गर्ने गराउने उपर नाप जाँच ऐन २०१९ को दफा १२ को उपदफा ५ बमोजिम कारवाही हुने व्यहोरा पुन स्मरण गराउँदै यस प्रकारको गर्न नगराउन सवैलाई जानकारी गराइन्छ’ विभागका महानिर्देशक प्रकाश जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागका प्रवक्ता दामोदर ढकालले अध्यावधिक नक्सा कुनै व्यक्ति वा संस्थालाई आवश्यक भएमा विभागमा राजश्व बुझाएर लिन सकिने बताए । उनका अनुसार त्यसरी नक्सा लिँदा रु ५० तिर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै