लद्दाखमा भारतीय र चिनियाँ सैनिक तीनपटक झडप, थप तनावको संकेत
लद्दाखस्थित सीमा क्षेत्रमा चीनसँग भारतीय सैनिकको यही महिना तीनपटक झडप भइसकेको छ । त्यसैले अहिले चीनले यहाँ आफ्नो सैनिक संख्या ६ हजारले बढाएको छ । भारतले पनि सेना बढाउँदैछ । यस्तोमा सीमा क्षेत्रमा तनाव थप लम्बिने आशंका भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
भारतीय सैनिक स्रोतका अनुसार पूर्वी लद्दाखमा ५ मेइमा भएको झडपमा चीनका सैनिकले भारतीय जवानमाथि लाठी, काडेंतार र ढुंगाले आक्रमण गरेका थिए । न्युज एजेन्सी एनएनआईले सैनिक स्रोतको हावाला दिँदै लेखेको छ, ‘चिनियाँ सेनाको रवैया पाकिस्तान समर्थित ती पत्थरबाजजस्तै थियो, जसले कास्मिरमा भारतीय जवानलाई मार्छन् ।’ भारतीय मिडियाका अनुसार यस क्षेत्रमा चीनको सैनिक संख्या भारतभन्दा ठूलो थियो र यो अनप्रोफेसनल तरिकाले भिडन्तमा उत्रियो । चिनियाँ सेना आक्रामक रहेको आरोप भारतीय सञ्चारमाध्यमले यतिबेला लगाइरहेका छन् ।
यस महिना सीमा क्षेत्रमा भइसकेको छ ।
५ मेइमा पूर्वी लद्दाखको पैंगोन्ग झिलमा साँझ भारत र चीनका २ सय सैनिक आमने–सामने भएका थिए । यस क्रममा दुबैले ढुंगामुडा गरे । पछि, दुबैतर्फका अधिकृतहरुबीच वार्ता भयो र भिडन्त सकियो ।
९ मेइमा उत्तरी सिक्किमस्थित १६ हजार फिटको उचाईमा रहेको नाकुला सेक्टरमा भारत र चीनका १ सय ५० सैनिक भिडन्तमा उत्रिए । यस झडपमा दुबैतर्फका गरी कुल १० सैनिक घाइते भए । यहाँ पनि अफिसरहरुले वार्ता गरेपछि समस्या सुल्झियो । ९ मेइमै चीनले लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठायो, चीलने हेलिकोप्टर सीमामा पठाएको थाहा पाएपछि भारतले पनि यहाँ लडाकु विमान पठायो । भारतीय सञ्चारमाध्यमका अनुसार धेरै वर्षपछि चीनलाई जवाफ दिनका लागि भारतले सीमा क्षेत्रमा लडाकु विमान पठाएको हो ।
–दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण