शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद दुर्योधनसिंह चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
विसं २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सिंहको ७० वर्षका उमेरमा यही जेठ ९ गते निधन भएको थियो । उनको बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
‘चौधरीको निधनमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’, शोक प्रस्तावमा भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १४ गते अपराह्न २ बजे बस्नेछ ।
राष्ट्रियसभाको आजको बैठकले पनि पूर्वसांसद चौधरीको निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते साँझ ६ः३० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती