केन्द्रीय संस्करण

जनप्रतिनिधिद्वारा भोजपुरका ५२ पत्रकारको ‘कोराना बीमा’

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0

भोजपुर । तीनजना जनप्रतिनिधिले भोजपुरका पत्रकारको कोरोना बीमा गराइदिएका छन् । कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले क्रियाशील ५२ जना पत्रकारको बीमा गराउन सोमबार आर्थिक सहयोग गरेका हुन् ।

उनीहरुले आफूले पाउँदै आएको सेवा सुविधा कटाएर पत्रकारको कोरोना बीमा गर्न आर्थिक सहयोग गरेका हुन् । समाजलाई सूसूचित गराउन जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको उपप्रमुख राईले बताए । उनले भने, ‘पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले आफूले पाउँदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौँ, यो महामारीको समयमा तपाईंहरुलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेका छौँ ।’

सहयोग गरिएको बीमावापतको रकम लिँदै नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राखे । साथै उनले कार्यस्थलमा खट्दा पत्रकार आफैँ पनि सजग बन्नुपर्ने बताए । 

राईले भने, ‘उहाँहरुले हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन महान काम गर्नुभएको छ यसका लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु, साथै हामी पत्रकारले आजकै दिनबाट आफ्नो यात्रा विवरण राख्ने बानीको विकास गरौँ ।’
पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा सङ्क्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताए ।

बीमा कम्पनीसँग भएको सम्झौताअनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई सङ्क्रमण भएमा कम्पनीले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.