शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले आर्थिक वृद्धिको अनुमान बदल्यो, २.३ प्रतिशत आर्थिक वृद्धि हुने

मङ्गलबार, १३ जेठ २०७७, १४ : ४०
मङ्गलबार, १३ जेठ २०७७

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने  अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

 खतिवडाले  संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान सुनाएका हुन् । 

यसअघि सरकारकै एउटा निकायले चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर २.२७ प्रतिशत हुने भनेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप