भारतमा आइतबारको तुलनामा संक्रमितको संख्यामा केही कमी
मङ्गलबार, १३ जेठ २०७७, १३ : ४२
एजेन्सी । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ