बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्रीको जवाफ माग्दै काँग्रेस सांसदद्वारा संसदमा होहल्ला

मङ्गलबार, १३ जेठ २०७७, १३ : ३६
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । प्रतिनिधिसभामा नेकपाका सांसद जनार्दन शर्माले रुकुम घटनाबारे बोल्दै गर्दा काँग्रेसका सांसदले विरोध गरेका छन् । 

सांसद शर्माले आफ्नो जिल्लामा भएको घटनाका बारेमा जानकारी दिँदै घटनाको छानविन गर्न माग गरिरहेका बेला काँग्रेस काँग्रेस सांसदले घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । 

शर्माले बोल्दै गर्दा काँग्रेस सांसदले उठेर होे हल्ला गरेपछि सभामुख अग्नि सापकोटाले काँग्रेस सांसदलाई पटक पटक बस्न आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री रामबहादुर थापालाई सभामुखले जवाफ दिन समय दिएका छन् । अहिले थापाले घटनाबारे संसदमा जानकारी गराइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप