बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित

मङ्गलबार, १३ जेठ २०७७, १३ : १३
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेकी थिइन् ।

दुई विधेयक पेश

बैठकमा ‘स्टाण्डर्ड नापतौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ पेश भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ती दुई विधेयक पेश गरेका हुन् । 

त्यसैगरी बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आजै अपराह्न १४ः०० बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप