केन्द्रीय संस्करण

पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सभापति देउवाको माग

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन् । नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।

उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा  दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरे । ‘सञ्चारमाध्यमले औंल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’, पूर्वप्रधानमन्त्री देउवाले भने ।
 
उनले  देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा  जोड दिए ।  उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.