आरडीटी पोजेटिभ देखिएका २३ जनाको पीसीआर परीक्षण हुँदै
कैलाली । सुदूरपश्चिम प्रदेशमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएका २३ जनामा कोरोना पोजेटिभ भए–नभएको एकिन गर्न पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।
मंगलबारसम्म २० हजार ८८७ जनामा आरडीटी परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए । जाँच गरिएका मध्येबाट २० हजार ८११ जना नेगेटिभ छन् ।
उनले पोजिटिभ देखिएका ७६ जनामा पीसीआर विधिबाट जाँच गर्दा ५३ जनामा जनाको रिपोर्ट नेगेटिभ आइसकेको र बाँकी २३ जनाको पीसीआर परीक्षण हुने क्रममा रहेको बताए ।
उनले कोभिड–१९ का संकास्पद २० जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भइरहेको पनि बताए ।
सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य सेवा विभागवाट पठाइएको स्वास्थ्य सामाग्री पनि प्राप्त भएको प्रदेश सरकारले जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विभागले एन९५ मास्क ५५०, सर्जिकल मास्क ३००००, आरटीटी किट ४०००, भिटिएम २१५ , फेस सेइलिड १०, सर्जिकल क्याप ५०, गन ५०, गोलोभ्स २० थान पठाएको छ । ती सामग्री आवश्यकताअनुसार वितरण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा