बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नाम जुधेपछि बर्षा सिवाकोटीलाई तनाव

मङ्गलबार, १३ जेठ २०७७, १२ : ३२
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं – नेपाल–भारतबीचको सीमा विवादबारे दिएको बयानका कारण केही दिन अगाडि अभिनेत्री बर्षा राउत विवादमा फसेकी थिइन् । आफूले दिएको बयान सामाजिक संजालमा चर्काे आलोचना भएपछि उनले माफी समेत मागिन् । 

अभिनेत्री राउतको उक्त हर्कतको असर उनलाई मात्रै परेन । त्यसको असर अर्की बर्षा नामकै अभिनेत्री बर्षा सिवाकोटीलाई समेत परिरहेको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताले राउतको सट्टा सिवाकोटीलाई समेत गाली गर्ने गरेका छन् । 

अभिनेत्री सिवाकोटीले सामाजिक संजालमार्फत राउतको हर्कतले आफूलाई पनि असर परेको जानकारी दिएकी छन् । नमस्ते म बर्षा सिवाकोटी लेख्दै सुरु गरेको उनको पोस्टमा म्यासेज पठाउन र कमेन्ट गर्नु अगाडि नाम थर हेर्न आग्रह समेत गरिएको छ । सिवाकोटीको पोस्ट्ले राउतको क्रियाकलापको आलोचना उनले पनि खेप्नु परेको र उनलाई समेत विभिन्न प्रकारका म्यासेज आएको अनुमान लगाउन सकिन्छ ।

नाम जुधेका कारण एकको क्रियाकलापबाट अर्काेलाई असर परेको यो पहिलो पटक भने होइन । यस अगाडि पनि नामको कारणले फिल्म क्षेत्रमा द्विविधा सिर्जना भएको बाहिर आएकै बिषय हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप