मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएले बालबालिकालाई नैतिक शिक्षा पुस्तक तयार पार्दै

मङ्गलबार, १३ जेठ २०७७, ११ : ०९
मङ्गलबार, १३ जेठ २०७७

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी अन्तरगत गठन भएको नेपाली भाषा प्रवर्द्धन उपसमितिले नेपाली मुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने भएको छ ।

शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्मा दिने निर्णय गरेको छ । 

उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै देशहरुमा नेपाली पुगिसकेको र आफ्ना बालबालिकाहरुलाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्ष निकाल्दै त्यस्तो शिक्षामा एकरुपता ल्याउनका लागि पुस्तक प्रकाशित गर्ने निर्णय गरेको हो । 
बैठकमा पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ, इच्छुकहरुलाई आव्हान गर्ने निर्णय भएको छ । बैठकमा पूर्व कोषाध्यक्ष तथा भाषा साहित्य प्रवर्द्धन समितिका संयोजक हिक्मत थापा, सल्लाहकारहरू डा. चिन्तामणि योगी, बुद्दिसागर घिमिरे लगायत पदाधिकारीहरूको सहभागिता थियो । 
बैठकमा नैतिक शिक्षा पुस्तक प्रकाशनका लागि हालसम्म भएका प्रगति विवरणका बारेमा अध्यक्ष लामिछानेले जानकारी गराएका थिए । 
अहिले विभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकुलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएकोमा त्यसलाई एकरुपता दिनुपर्नेमा सबैको जोड रहेको समेत लामिछानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप