प्रदेश ५ को नीति र कार्यक्रममा आजदेखि छलफल
मङ्गलबार, १३ जेठ २०७७, १० : ०४
प्रदेश ५ प्रदेशसभाको बैठक आज बस्दै छ । विशेष कारण जनाउँदै हिजो अन्तिम समयमा आएर स्थगित भएको बैठक आज दिउँसोको लागि पुनः बोलाइएको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति र कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले पक्ष र विपक्षमा आ-आफ्नो धारणा राख्ने सचिवालयले जनाएको छ । यसै नीति र कार्यक्रम अनुसार सरकारले बजेट बनाउने काम पनि थाल्ने छ । १० गते प्रदेशसभा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । प्रदेशसभा प्रस्तुत भएको नीति तथा कार्यक्रमा कोरोना कारणले परेको असर पर्ने सक्ने जोखिमलाई मूल्यांकन अधिकांश विगतका योजनाहरु निरन्तरता दिएको छ ।