बेलायतमा मृत्युदर घट्दै, जुनबाट लकडाउन खोल्ने तयारी
लन्डन – बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विगत केहि दिनदेखि ओरालो लाग्दै गएको छ ।
गएको २४ घन्टामा बेलायतमा कोरोनाको संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म बेलायतका अस्पताल, केयरहोम लगायतका स्थानहरुमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ हजार ७ सय ९३ पुगेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डका अस्पतालमा गएको २४ घन्टामा ७७ जानको मृत्यु भएको छ । जुन संख्या गत मार्च २३ मा लकडाउन सुरु भए यताकै सबैभन्दा कम भएको बताइएको छ ।
यस्तै, २४ घन्टाभित्र ७३ हजार ७ सय २६ जनामा कोरोनाको परीक्षण गरिएकोमा थप १ हजार ६ सय २५ जनाको परिणाम पोजिटिभ देखिएको छ । बेलायतमा हालसम्म ३५ लाख ३२ हजार ६ सय ३४ जनामा कोरोनाको परीक्षण गरिएकोमा २ लाख ६१ हजार १ सय ८४ जनामा पोजिटिभ देखिएको छ ।
कोरोनाको संक्रमण तथा मृत्युदरमा ह्रास हुँदै गएपछि आउँदो जुन महिनाबाट लकडाउनलाई सहज पारिने प्रधानमन्त्री बोरिस जोन्सनले आश्वासन दिएका छन् । जुन १ देखि अत्यावश्यक खुद्रा पसल, शोरुम लगायतका आउटडोर पसलहरु सुचारु गर्न पाउने उनले सोमबार साँझको सम्बोधन भाषणमा बताएका हुन् ।
तर, समाजिक दुरी कायम राख्दै सतर्कता भने अपनाउनुपर्नेछ । साथै अन्य पसलहरु जस्तै कपडा पसल, जुत्ता पसल, खेलौना, फर्निचर, पुस्तक विधयुतीय सामग्री, फोटोग्राफी स्टुडियो जस्ता पसलहरु भने जुन १५ बाट खोल्न पाइनेछ ।
सामाजिक दुरीको नियम पालना गरेको वा नगरेको सम्बन्धमा ‘स्पट चेक’ गरिनेछ । पसलको झ्यालमा स्पष्ट रुपमा अवारनेस सम्बन्धि पोष्टर राख्नुपर्ने,फिर्ता गरिएका सामानहरु ७२ घन्टासम्म स्टोरमा राखेपछि मात्र फ्लोरमा राख्न पाइने, बेड, सोफा जस्ता ठूला सामानहरुलाई सुरक्षित तरिकाले ढाक्नुपर्ने र निरन्तर सम्पर्कमा आउने ट्रली, कफी मेशिन जस्ता सामग्रीहरुको सफाइमा ध्यान पुर्याउने जस्ता विभिन्न शर्तहरुको पालना गर्नुपर्नेछ । नवौं हप्ताको लकडाउन पछिको अर्को कदम ‘अनलक’ भएको प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारको भाषणमा उल्लेख गरेका छन् ।
युरोपभरिमा नै बेलायत सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको रुपमा रहेको छ भने अमेरिका पछिको दोस्रो स्थानमा बेलायत रहेको छ । युरोपका केहि भागमा यसअघि नै लकडाउनलाई खुकुलो पार्दै लागिएको छ । विश्वभरिमा कोरोनाको संक्रमणबाट झन्डै साढे तीन लाखको मृत्यु भइसकेको छ भने अमेरिकामा मात्र १ लाखको मृत्यु भएको छ ।
यसैगरी विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण १ सय १८ जना गैर आवासीय नेपालीहरुले ज्यान गुमाइसकेका छन् । कुल संख्यामध्य आधाभन्दा बढी ६५ जनाको बेलायतमा मात्र मृत्यु भएको छ । जसमा सबैभन्दा बढी ५२ जना भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय