बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा मृत्युदर घट्दै, जुनबाट लकडाउन खोल्ने तयारी

मङ्गलबार, १३ जेठ २०७७, ०६ : २०
मङ्गलबार, १३ जेठ २०७७

लन्डन – बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विगत केहि दिनदेखि ओरालो लाग्दै गएको छ । 

गएको २४ घन्टामा बेलायतमा कोरोनाको संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म बेलायतका अस्पताल, केयरहोम लगायतका स्थानहरुमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ हजार ७ सय ९३ पुगेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डका अस्पतालमा गएको २४ घन्टामा ७७ जानको मृत्यु भएको छ । जुन संख्या गत मार्च २३ मा लकडाउन सुरु भए यताकै सबैभन्दा कम भएको बताइएको छ । 

यस्तै,  २४ घन्टाभित्र ७३ हजार ७ सय २६ जनामा कोरोनाको परीक्षण गरिएकोमा थप १ हजार ६ सय २५ जनाको परिणाम पोजिटिभ देखिएको छ । बेलायतमा हालसम्म ३५ लाख ३२ हजार ६ सय ३४ जनामा  कोरोनाको परीक्षण गरिएकोमा २ लाख ६१ हजार १ सय ८४ जनामा पोजिटिभ देखिएको छ ।

कोरोनाको संक्रमण तथा मृत्युदरमा ह्रास हुँदै गएपछि आउँदो जुन महिनाबाट लकडाउनलाई सहज पारिने प्रधानमन्त्री बोरिस जोन्सनले आश्वासन दिएका छन् । जुन १ देखि अत्यावश्यक खुद्रा पसल, शोरुम लगायतका आउटडोर पसलहरु सुचारु गर्न पाउने उनले सोमबार साँझको सम्बोधन भाषणमा बताएका हुन् । 

तर, समाजिक दुरी कायम राख्दै सतर्कता भने अपनाउनुपर्नेछ ।  साथै अन्य पसलहरु जस्तै  कपडा पसल, जुत्ता पसल, खेलौना, फर्निचर, पुस्तक विधयुतीय सामग्री, फोटोग्राफी स्टुडियो जस्ता पसलहरु भने जुन १५ बाट खोल्न पाइनेछ । 

सामाजिक दुरीको नियम पालना गरेको वा नगरेको सम्बन्धमा ‘स्पट चेक’ गरिनेछ । पसलको झ्यालमा स्पष्ट रुपमा अवारनेस सम्बन्धि पोष्टर राख्नुपर्ने,फिर्ता गरिएका सामानहरु ७२ घन्टासम्म स्टोरमा राखेपछि मात्र फ्लोरमा राख्न पाइने, बेड, सोफा जस्ता ठूला सामानहरुलाई सुरक्षित तरिकाले ढाक्नुपर्ने र निरन्तर सम्पर्कमा आउने ट्रली, कफी मेशिन जस्ता सामग्रीहरुको सफाइमा ध्यान पुर्याउने जस्ता विभिन्न शर्तहरुको पालना गर्नुपर्नेछ ।  नवौं हप्ताको लकडाउन पछिको अर्को कदम ‘अनलक’ भएको प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारको भाषणमा उल्लेख गरेका छन् ।

युरोपभरिमा नै बेलायत सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको रुपमा रहेको छ भने अमेरिका पछिको दोस्रो स्थानमा बेलायत रहेको छ । युरोपका केहि भागमा यसअघि नै लकडाउनलाई खुकुलो पार्दै लागिएको छ । विश्वभरिमा कोरोनाको संक्रमणबाट झन्डै साढे तीन लाखको मृत्यु भइसकेको छ भने अमेरिकामा मात्र १ लाखको मृत्यु भएको छ ।

यसैगरी विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण १ सय १८ जना गैर आवासीय नेपालीहरुले ज्यान गुमाइसकेका छन् । कुल संख्यामध्य आधाभन्दा बढी ६५ जनाको बेलायतमा मात्र मृत्यु भएको छ । जसमा सबैभन्दा बढी ५२ जना भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप