केन्द्रीय संस्करण

लद्दाखमा भारतीय सेनाको पोष्ट छेउ नजिकिँदै चिनियाँ सेना

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline1

एजेन्सी । भारत र चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा फेरि तनाव उत्पन्न हुने संकेत देखिएको छ । उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप लगाउँदै भारतले पनि आफ्नो सेनाको संख्या बढाउन सुरु गरेको छ । यसै महिनामा २ देशका सेनाबीच तीन पटक झडप भएको थियो । पछिल्लो हप्ता दुबै देशका सैन्य कमाण्डरहरुबीच छलफल भई उक्त मुद्धालाई सुल्झाउने प्रयास गरेका थिए । 

समाचार एजेन्सी एएनआईका अनुसार भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएका छन् । चिनियाँ सेना नियन्त्रण रेखा नजिकै रहेको पेनगोंग ताल नजिकै पुगेको जनाइएको छ र उनीहरु थुप्रै सवारी साधनमा निर्माणका सामाग्रीसहित आएको बताइएको छ ।

चिनियाँ सेना गल्वान नाला क्षेत्रमा बसिरहेको भारतीय सेनाको पोष्ट के एम १२० भन्दा १५ किमी नजिक आइपुगेको जनाइएको छ । त्यहाँ चिनियाँ सेनाहरु पाल टाँगेर बसेका छन् । चिनियाँ सेनाले त्यहाँ बन्कर निर्माण गर्न लागेको र त्यसका लागि धेरै उपकरणहरुसमेत प्रयोग गरिरहेको भारतीय सेनाको आरोप छ । यही क्षेत्रमा भारतीय सेनाले पेट्रोलिङ पोष्ट १४ को नजिकै पुल निर्माण गरिरहेको छ । चिनियाँ सेनाले यसको विरोध गर्दै आएको छ । भारतीय सेनाको पोष्ट केएम १२० मा २ सय ५० जवान तैनाथ रहेका छन् । तर अहिले भारतले त्यहाँ थप सैनिक फोर्स थप्ने तयारी गरिरहेको छ ।

यसअघि दुई देशका सेनाबीच एक महिनामै ३ पटक झडप भएको थियो । मे ५ र ९ मा क्रमसः पूर्वी लद्दाख र उत्तरी सिक्किममा झडप भएको थियो भने  मे ९ मै  लद्दाखमा अर्को तनाव भएको थियो । केही दिनअघि चिनियाँ सेनाले भारतीय सेनाका जवानहरुलाई गस्ती गएका बेला बन्धक बनाएका खबर बाहिर आएको थियो । यद्यपि, भारतीय सेनाले यसलाई इन्कार गरिरहेको छ ।-दैनिक भाष्कर

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 27, 2020, 12:54 p.m. Navin Bc
    Thik cha chaina
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.