केन्द्रीय संस्करण

किट सकिएपछि आरडिटी परीक्षण रोक

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0

भक्तपुर अस्पतालमा किट सकिएपछि आजदेखि आरडिटी परीक्षण रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले जानकारी दिएकी छन् । अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ । 

आज दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ ।

त्यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले शुरुमा गरेको आरडिटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए ।

 भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो ।

 उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको उनले जानकारी दिए । भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।


त्यसैगरी भक्तपुर नगरपालिका भेलुखेलका एक पुरुषमा कोरोना सङ्क्रमण भएपछि यहाँका १६ जनाको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

भक्तपुरका स्वयंसेवी अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव गाडीमा राखेर पशुपतिस्थित विद्युतीय शवदाह गृह पु¥याई व्यवस्थापन गरेका थिए । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि दुवैजना आजै क्वारेन्टाइनबाट निस्किएर भक्तपुर अस्पतालमा विगतझै स्वयंसेवकको काममा फर्किएका छन् ।​

युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घोषणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर काम गर्दै आएका छन् ।

सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्याम्प नै खडा गरेर कोरोनाको परीक्षणमा आउने व्यक्ति तथा स्वाब सङ्कलन गरी पु¥याउने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख गर्ने लगायतका काम गर्दै आएका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.