स्याङ्जाका थापाको कोरियामै अन्त्येष्टि
सोमबार, १२ जेठ २०७७, २१ : ३०
स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ ।
लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत थापा दोस्रो कार्यकालका लागि कोरिया आएका थिए ।
उनका परिवारमा आमा र दुई दाजु छन् ।
थापाको कम्पनीमा उनीसहित पाँच नेपाली र तीन चिनियाँ विदेशी कामदारका रुपमा कार्यरत थिए ।
अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष सिपी मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते
-
प्रदेश सिट बाँडफाँट निष्कर्षमा पुगेको छैन : उपमहासचिव ज्ञवाली
-
हाम्रो नेपाली पार्टीका अध्यक्षको आरोप– हाम्रो सांसद अपहरण गरियो
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय
-
राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा