दैलेखमा कोरोना संक्रमितको संख्या आठ पुग्यो
शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ ।
यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले जानकारी दिए ।
आठबीस नगरपालिकाका एक युवकको उपचार अहिले सुर्खेत भएको छ । त्यस्तै नारायण नगरपालिकाका १५ र १८ वर्षीय किशोर र युवकमा संक्रमण देखिएको छ । डुङ्गेश्वर गाउँपालिकाको एक दम्पती र अन्य एक पुरुष गरेर तीन जना संक्रमित भएका छन् ।
गुराँस गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये नारायण नगरपालिकाभित्रका संक्रमित पाँच जनालाई सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशन अस्पतालमा राखिएको छ । गुराँस गाउँपालिकाका दुई जना क्वारेन्टाइनमै बसेका छन् ।
किट अभाव
दैलेखमा आरडिटी र पिसिआर दुवैका किट अभाव देखिएको छ । भारतबाट जिल्ला भित्रिनेको संख्या दैनिक हजार हुन थालेपछि परीक्षण गर्ने किट सकिएको जिल्ला स्वास्थ्य खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए ।
सबैको अन्यत्र कोही कसैसँग सम्पर्क भए नभएका बारेमा व्यापक खोजी शुरु गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा