शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा र सुर्तीमा कर बढाउनुस्: समिति

सोमबार, १२ जेठ २०७७, १८ : ३५
सोमबार, १२ जेठ २०७७

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षासम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ । समितिको वार्षिक प्रतिवेदन केही समयपछि सदनमा प्रस्तुत हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप