शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘निरोगी नेपाल’ निर्माणका लागि प्रधानमन्त्री ओलीका ५ सूत्र

सोमबार, १२ जेठ २०७७, १८ : ३०
सोमबार, १२ जेठ २०७७

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्ने भन्ने वास्तविकतालाई आत्मसात् गर्नुपर्ने बताएका छन् । 
त्यस्तै उनले  निरोगी नेपाल निर्माणका लागि ५ सूत्र अघि सारेका छन् । कोरोना भाइरसको औषधि नभएको भन्दै उनले विज्ञहरुले नै यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार–विहार तथा आवश्यक सतर्कता भएको बताएका हुन् ।
 उनले  भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक  व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्नुपर्ने बताए । ‘हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रै भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता  पाइन्छ ? किनकि त्यसमा औषधीय तत्व भएको’ उनको भनाइ छ । 
 पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पु¥याइरहेकाले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह समेत गरेका छन् ।
यस्ता छन् प्रधानमन्त्रीका निरोगी नेपाल निर्माण गर्ने ५ सूत्र :
–    पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
–    दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
–    तेस्रो, भाइरस फोहरमा रमाउँछ, आप्mनो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ । 
–    चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
–    पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ । 
प्रधानमन्त्रीले कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्दा सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएपनि हरेक चुनौतीको सामना गरेर नै मानवजाति आजको स्थानमा आइपुगेको हो भन्ने कुरा भुल्न नहुने जोड दिएका छन् । 

‘मानव जातिले सभ्यताको इतिहासमा असाधारण प्रतिकूलताहरूको सामना गरेको छ । हिम युग जस्ता अनेक कठीन समय पार गरेको छ । औषधि र अस्पताल नै नभएको बेलामा समेत अनेकन महामारीहरूको सामना गरेर अघि बढेको छ । मैले पहिले पनि चर्चा गरेको छु– चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौं’, प्रधानमन्त्रीको आग्रह छ ।     
त्यस्तै सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको र ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको  पनि प्रधानमन्त्रीको भनाइ छ । 
प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रबर्द्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले अघि सारेको भन्दै प्रधानमन्त्रीले हाल कोरोना महामारी विरुद्ध सबै सामथ्र्य लगाउने र कोरोना मुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

नेपालीहरूको मनोबल उच्च भएको र प्रतिरोध क्षमता पनि असाधारण भएकाले यस महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल  र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्नेमा आफूले विश्वास लिएको प्रम ओलीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप