प्रधानमन्त्रीको सम्बोधन : नेपालमा माहामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै लकडाउन गरेकाले मानवीय क्षति र संक्रमण नियन्त्रण गर्न सफल भएको बताएका छन् ।
सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदमबारे राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रारम्भिक दिनमा तयारीमा सरकार केही अलमल भएपनि अहिले सफल भएको बताए ।
समयमै गरेको लकडाउन, समयमै गरेको सिमा तथा एयरर्पोट बन्दले महामारीबाट हुने क्षति जोगाएको, संक्रमित शिशुदेखि बृद्धसम्म उपचारपछि फर्कनु सरकारको सफलता भएको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले भने–‘नेपालमा महामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन । कोरोना विरुद्धको लडाई सरकार सचेत भएको छ । एक प्रयोगशालाबाट सुरु गरेकोमा अहिले २० प्रयोगशालाबाट परीक्षण थालिएको छ । प्रत्येक स्थानीय तहलाई कोभिड १९ सँग लडन आवश्यक सामग्री उपलब्ध गराई प्रदेश र स्थानीय तहमा समन्वय बढाइने छ ।’
यस्तै बन्द स्थानमा रहेका होटल र सार्वजनिक स्थललाई क्वारेन्टाइन बनाइने योजना रहेको बताउँदै महामारी विस्तार भएको स्थानलाई सिल गरी सो स्थानमा द्रुत गतिमा परीक्षण गरिने उनले बताए ।
कोरोनासँग लडाईँमा संलग्नलाई यो अवस्थामा खेलेको भूमिकाको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै