
थप एक जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर !
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट ४ जनाको मृत्यु भएको पुष्टि गरिसकेपनि प्रधानमन्त्री केपी शर्मा ओली भने यसबारे बेखबर रहेको पाइएको छ ।
उनले सोमबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै नेपालमा हालसम्म ३ जनाको मात्रै मृत्यु भएको बताएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई स्वास्थ्य सामग्री खरिद सम्झौतालगायतका कतिपय विषयमा जानकारी नै नगराइएको गुनासो गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कुनै मानवीय क्षति नहोस् भन्ने सरकारको अथक प्रयासका बाबजुत पनि यसबीचमा ३ जनाको मृत्यु भएको बताए ।
उनले उनीहरुसहित स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
हालसम्म बारा, सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ४ जनाको मृत्यु भएको छ । यस्तै ६८२ जना संक्रमित भएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ