कुल गार्हस्थ उत्पादनमा ऋणको हिस्सा बढ्यो, सरकारलाई ११ खर्ब ९५ अर्ब ऋण
कुल गार्हस्थ उत्पादनमा ऋणको हिस्सा बढेको छ । कुल गार्हस्थ उत्पादनमा ऋणको हिस्सा ३४.५१ प्रतिशत रहेको छ, जसमा २०.६१ प्रतिशत बाह्य ऋण रहेको छ भने १३.९० प्रतिशत आन्तरिक रहेको छ ।
यो चालु आर्थिक वर्षको तेस्रो त्रैमासको (२०७६÷७७) तथ्यांक हो । दोस्रो त्रैमाससम्म यस्तो ऋणको हिस्सा ३१.९० प्रतिशत थियो ।
कुल ऋण ८.१८ प्रतिशतले बढेको हो जसमा बाह्य ऋण ९ .१८ प्रतिशतले बढेको छ भने आन्तरिक ऋण ६.७५ प्रतिशतले बढेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चैत मसान्तसम्म सरकारले तिर्न बाँकी खुद ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
यसमा आन्तरिक ऋण ४ खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस्तै वैदेशिक ऋण ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । यसमा सरकारले २६ अर्ब ५५ करोड आन्तरिक ऋणको सावा तिरेको छ भने १४ अर्ब ५९ करोड ब्याज तिरेको छ ।
बाह्य ऋण तर्फको सावा १२ अर्ब ९८ करोड र ब्याज २ अर्ब ८० करोड रुपैयाँ भुक्तानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने