रौतहटमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो
रौतहट । जिल्लामा सोमबार पुष्टि भएका २६ जना कोरोनाभाइरस संक्रमित सबै भारतबाट आएको खुलेको छ । यससँगै रौतहटमा संक्रमितको संख्या ४९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले रौतहटका थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको हो ।
राजपुर नगरपालिकाका विभिन्न वडाका २५ जना र इशनाथ नगरपालिकाका १ जना गरी २६ जनामा थप संक्रमणको पुष्टि भएको हो ।
संक्रमित सबैजना भारतको बिभिन्न शहरबाट काम गर्दै लकडाउन पछि रौतहट आएका थिए ।
भारतबाट नेपाल आउनासाथ उनीहरुलाई सुरक्षा निकायले सीमाक्षेत्रबाट सिधै क्वारेन्टाइन लगेर राखेको रौतहटका सिडिओ बासुदेव घिमिरेले बताए ।
क्वारेन्टाइनमा बस्दै आएका मध्ये राजपुरको ९६ र इशनाथ नगरपालिकाको २७ जना गरी एक सय २३ जनाको स्वाब गत ६ गते जाँचका लागि काठमाण्डौ पठाएकोमा २६ जनाको पोजेटिभ पुष्टि भएको सिडिओ घिमिरेले जानकारी दिएका छन् ।
संक्रमित सबै जनालाई राजपुर नगरपालिकामा रहेको आइसोलेसनमा राखेर उपचार गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा यसअघि देखिएका संक्रमित मध्ये ३ जना वीरगंजस्थित नारायणी अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । २ जनाको त्यही उपचार भइरहेकाे छ ।
यस्तै १८ जनाको गौर स्थित नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा