शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘छैन मलाई पीर’मा नाजिर र कुसुमको रोमान्स

सोमबार, १२ जेठ २०७७, १४ : ३१
सोमबार, १२ जेठ २०७७

काठमाडौं । देशमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । यो समय गायक गायिका चेतनामुलक गीतमार्फत सर्वसाधारणमा चेतना फैल्याउने काममा पनि लागेका छन् ।  गायक सञ्जीव पराजुली भने केही फरक देखिएका छन् । उनले कोरोनालाई नजोडिकन माया प्रेमको गीत ‘छैन मलाई पीर’ ल्याएका छन् । 

दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगरको अभिनय देख्न सकिन्छ ।  ग्रामीण परिवेशको लोकेसनमा छायाँकन गरिएको गीतमा कुसुमलाई मनमनै मन पराएर उनीसँग नाचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसङ्ग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सञ्जीवसँग हुन्छ । भिडियोमा सञ्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप