केन्द्रीय संस्करण

कोरोना अस्पताल बेलझुण्डीमा १८ जनाको उपचार हुँदै

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0
file photo

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आज कोरोना परीक्षणमा पाँच जनाको पोजेटिभ देखिएको छ ।  बर्दियाका एक  र बाँकेका चार जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । 

आज फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा राप्तीसोनारी गाउँपालिकाका १६,  २३, २३  र २४ वर्षीय छन् । यसैबीच  दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ । पछिल्लो समय आइतबार  प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना देखिएका बर्दिया बढैयातालका १९ वर्षीय एक पुरुषलाई आइसोलेशनमा राखिएको छ ।

अस्पतालमा अन्यमा बाँके नरैनापुरका आठ, कपिलवस्तुका छ  र दाङका तीन जनाको उपचार भइरहेको छ । संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालका प्रमुख  डा.सर्वेश शर्माले जानकारी दिए । स्वाब परीक्षणमा कोरोना देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको अस्पतालको भनाइ छ । बेलझुण्डी कोरोना अस्पतालमा एक सय शय्या तयारी अवस्थामा राखिएको छ ।

भित्रिए तीन हजार

हालसम्म दाङमा मात्रै तीन हजार ३२६ नागरिक सम्बन्धित स्थानीय तहमा भित्रिएको तथ्याङ्क छ । बन्दाबन्दीमा  भारत र अन्य मुलुकबाट घोराही उपमहानगरपालिका भित्रिने ६७५ पुगिसकेको उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिए । उनले आज थप दुई सय नागरिक विभिन्न नाका हुँदै आउन लागेको बताए ।

जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा धेरै नागरिक राप्ती गाउँपालिकामा भित्रिएका छन् । आठ सय नागरिक भारत तथा अन्य मुलुकबाट आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । हालसम्म तुलसीपुर उपमहानगरपालिका १३४ तथा  गाउँपालिकामध्ये बंगलाचुली गाउँपालिकामा ५५०, बबईमा ४७७, दंगीशरणमा ३३ , शान्तिनगरमा ८५ , राजपुरमा २२ र गढवामा २५० जना आएका छन् ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.