कोरोनाभाइरसको महामारीबीच चीनले सुँगुरको मासुको रेकर्डस्तरको आयात किन गरिरहेको छ ?
चीनका व्यापारीले अप्रिल महिनामा रेकर्ड स्तरको चार लाख टन सुँगुरको मासु (पोर्क) आयत गरेको चीनको भन्सार विभागले जानकारी दिएको छ । यो गत वर्षको यही महिनाको तुलनामा लगभग १७० प्रतिशत बढी हो ।
चीन संसारको शीर्ष पोर्क उपभोक्ता देशमध्ये एक हो र अन्तर्राष्ट्रिय बजारमा चलिरहेको कम मूल्यको फाइदा उठाउनका लागि चिनियाँ व्यापारीले मासु भण्डार गरिरहेको बताइन्छ ।
चीनले यो वर्षको पहिलो चार महिनामा करिब १४ लाख टन पोर्क आयात गरेको छ जुन पछिल्लो वर्षको यही समयको तुलनामा १७०.४ प्रतिशत बढी हो ।
घातक अफ्रिकी स्वाइन फ्लूले चीनको सुँगुर बजारलाई करिब ४० प्रतिशतसम्म कम गरेको छ जसका कारण सुँगुरको मासुको घरेलु उत्पादनमा कमी आएको छ र चीनमा सर्वाधिक रुचाइने पोर्कको मूल्यमा रेकर्ड स्तरको वृद्धि भएको छ ।
चीनले हाल अमेरिकासहित विदेशी बजारमा उपलब्ध सुँगुरको मासु खरिद गरिरहेको छ । अमेरिका संसारको सबैभन्दा कम मूल्यमा सुँगुरको मासु बेच्ने देश मध्येको एक हो र घरेलु बजारको मूल्यमा कोरोनाभाइरस महामारीको पनि असर परेको छ ।
चीनमा पनि पोर्कको मूल्यमा फेब्रुअरी महिनाको सुरुवातपछि नै लगातार गिरावट आएको छ, तर अहिले पनि यो लगभग एक वर्षको तुलनामा दोब्बर मूल्यमा कारोबार भइरहेको छ ।
अमेरिकी बजारमा मूल्य बढ्दा अबको महिनामा चीनको निर्यातमा असर पर्ने अनुमान गरिएको छ जबकी चिनियाँ पोर्कको मूल्य अहिले पनि कमजोर घरेलु मागका कारण खस्कँदो अवस्थामा छ ।
चीनले अप्रिलमा एक लाख ६० हजार टन गाईको मासु पनि आयात गरेको छ जुन पछिल्लो वर्षभन्दा २८ प्रतिशत बढी हो ।
चिनियाँ भन्सार विभागका अनुसार वर्षको पहिलो चार महिनामा चीनमा मासुको आयात ५४ प्रतिशत बढेर ६ लाख ८० हजार टन पुगेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल