हावाहुुरीले पोल ढालेपछि रौतहटमा विद्युत आपूर्ति बन्द
रौतहट । आइतबार साँझ आएको हावाहुुरीबाट रौतहटमा दर्जनौ घरमा क्षति पुगेको छ ।
हावाहुरीले दर्जनाैं विद्युुतका पोल ढलेका छन् । विद्युत पोल ढलेपछि दुुई वटा स्थानीय तहमा आपूर्ति ठप्प भएको छ ।
हावाहुुरीले जिल्लाको पश्चिमी क्षेत्रमा बढी क्षति गरेको छ । कटहरिया नगरपालिका वडा ४ टोलापुरमा आँपको रुखले २ वटा घर थिचेको छ । रुखले घर थिच्दा मानिसहरु भने भागेर ज्यान बचाएका छन् ।
स्थानीय टोलापुरका रामदेव साह र उनका भाइ किशुन साहको घर रुखले थिचेको कटहरियाका नगरप्रमुख सियाराम कुश्वाहाले बताए । त्यसैगरी कटहरिया १ भसेढवा वडा ४ हर्षाहा र वडा ५ बहादुरपुरमा एकदर्जन बढी घरको छाना हावाले उडाएको मेयर कुश्वाहाले जानकारी दिए ।
हावाले फतुवा बिजयपुर नगरक्षेत्र अन्तरगत दुईदर्जन बढी घरका छाना उडाएको छ । त्यसैगरी सन्तपुर दोस्तिया गाउँमा झण्डै एकदर्जन घरको छाना उडाएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।
त्यसबाहेक मौलापुर,बौधीमाई,गुजरा,देवाही गोनाहीमा पनी दर्जनौ घरको छाना उडाउनुका साथै र दर्जनौ रुख ढलेर लाखौं बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।
हावाहुरीले मौलापुर,बाधीमाई,देवाहीगोनाही फतुवा बिजयपुर र कटहरियाका बिद्युतको पोल ढलेको नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहले बताए ।
देवाही गोनाही र फतुवा बिजयपुर नगरक्षेत्र अन्तरगत धेरै बिद्युत पोल ढलेकाले मर्मत गर्न एक दुईदिन लाग्ने प्राधिकरण शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...