बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाही : स्वाब परीक्षण नगरेको गाउँमा कोरोना संक्रमित !

सोमबार, १२ जेठ २०७७, १३ : १३
सोमबार, १२ जेठ २०७७

 बुटवल । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङले कोरोना परीक्षण गर्न लिइने स्वाब नलिएकोे ठाउँका मानिसमा कोरोना संक्रमण भएको प्रेस विज्ञप्ति जारी गरेको छ ।  

भेरी अस्पताल नेपालगन्जले लोड धान्न नसकेपछि बाँके र बर्दियाबाट शनिवार संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि दाङ ल्याएका नमुनाको रिपोर्टको गलत ठेगाना राखेर संक्रमित भन्दै विवरण प्रस्तुत गरेपछि राप्ती सोनारी गाउँपालिका ५ का बासिन्दा तनावमा परेका छन् ।

प्रतिष्ठानले आइतवार साँझ बाँकेको राप्ती सोनारी गाउँपालिका–५ मा चार जना संक्रमित थपिएको ‘अपडेट’ गर्दै प्रेस विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा भवनपुर मावी नारायणपुरबाट स्वाब परीक्षण पठाएको मध्ये उनीहरुलाई संक्रमण देखिएको उल्लेख छ । 

तर उक्त वडामा हालसम्म स्वाब नै परीक्षण नगरेको र विज्ञप्तिमा उल्लेख भएअनुसारको विद्यालय नै नरहेपछि स्थानीय तनावमा परेको वडा नम्बर ५ का अध्यक्ष झग्रु थारुले बताए । उनले भने ‘स्याब नै नलिएको ठाउँमा कसरी कोरोना पुष्टि भयो अचम्म छौँ ।

कमजोरी पत्ता लागेपछि सोमबार बिहान आइतबारको मिति राखरे प्रतिष्ठानले दोस्रो विज्ञप्ति निकाल्दै अघिल्लो दिनको गल्ती सच्याएको छ । प्रतिष्ठानका अनुसार, आइतवार थपिएका संक्रमित राप्ती सोनारी ५ का नभइ वडा नं. ७ का हुन् । त्यहाँ दुई जना र डुडुवा गाउँपालिका गाउँपालिका वडा नं. २ का नयाँ दुई जना रहेका छन् । डुडुवामा पहिलो पटक संक्रमित देखिएका छन् । यसअघि नेपालगन्ज,नरैनापुर,खजुरा, राप्तीसोनारीमा संक्रमित फेला परेका थिए । 

‘बेकारमा तनाव भयो । स्थानीयलाई जबाफ दिँदा दिँदा हैरान भयौं’,झग्रु थारुले भने ‘प्रतिष्ठानको गलत सूचनालाई  आधार मानेर सञ्चार माध्यममा समाचार आएपछि सवैलाई तनाव हुने नै भयो । यस्तो गम्भीर लापरवाही गर्नु हुँदैनथ्यो ।’

बाँके सवैभन्दा धरै कोरोना संक्रमित भएमा जिल्ला हो । दाङ, बाँके र बर्दिया जिल्लाका नमूना संकलन गरि ल्याएका २२९ जनाको स्वाव परीक्षण गर्दा ५ जनाको रिपोट पोजिटिभ आएको हो । भेरी अस्पताल नेपालगन्जले लोड धान्न नसकेपछि बाँके र बर्दियाबाट शनिवार संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि दाङ पठाइएको थियो । संक्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको बताइएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनले काम गर्ने क्रममा गल्ती भएको स्वीकार गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप