लकडाउनको ६३ औं दिनः संक्रमितको संख्या बढ्दै गएपछि थप कडाइ गरिँदै
काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६३ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ ।
नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन थप कडाई गर्न थालिएको छ । उपत्यकाका मुख्य सडकहरु भित्री सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाको भित्री गल्लीमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले (दिउँसो पौने १२ बजे) सम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)