बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाका ३ कोरोना संक्रमितमध्ये २ जना प्रहरी

सोमबार, १२ जेठ २०७७, १२ : ५५
सोमबार, १२ जेठ २०७७

जनकपुर । धनुषामा सोमबार तीन जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएकाहरुमध्ये २ जना प्रहरी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ती तीन जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेको हो । 
धनुषास्थित नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा रहेको क्वारेन्टाइनको सुरक्षामा रहेका २ जना प्रहरी र त्यही बसेका १ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । 

संक्रमित प्रहरीहरुमध्ये १ जना असई र १ जना जवान रहेका छन् । तीनै जनाको स्वाब संकलन जेठ ७ गते गरिएको गंगुलीस्थित क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए । 
प्रहरीबाहेक १ जना संक्रमित भारतबाट आएको बताइएको छ ।  उनलाई दिल्लीबाट फर्किए लगत्तै जेठ ६ गते क्वारेन्टाइनमा राखिएको थियो । 

गंगुुलीस्थित क्वारेण्टाइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि क्वारेन्टाइन एक साताअघि देखि नै सिल गरिएको छ । यसअघि सोही क्वारेन्टाइनमा रहँदै आएका ५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने सोमबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल ८ जनामा त्यहाँ कोरोना संक्रमण पुष्टि भएको छ ।

 यससँगै धनुषामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप