शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलेश्वरमा ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

सोमबार, १२ जेठ २०७७, १२ : ४४
सोमबार, १२ जेठ २०७७

जनकपुर ।महोत्तरीको एक क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षण गर्दा ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरुको आईतबार आरडिटी परिक्षण गरिएको हो । परीक्षणमा एकै परिवारका ५५, २६ र १६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई निगरानीका लागि जलेश्वर स्थित जिल्ला अस्पतालमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।
ढिला गरी निर्माण भईरहेको कोरोना विशेष अस्पतालमा संक्रमित आएपछि अस्पतालमा कार्यरत्त चिकित्सकहरु समेत त्रसित बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप