बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

सोमबार, १२ जेठ २०७७, ११ : १८
सोमबार, १२ जेठ २०७७

काठमाडौँ । काठमाडौँ जिल्लामा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

यसअघि काठमाडौँमा कूल संक्रमितको संख्या १२ रहेको थियो जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप