आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक
सोमबार, १२ जेठ २०७७, ११ : ०१

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गर्ने थप कार्यहरु लगायतका विषयमा छलफल हुने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ६३ दिन पुगेको छ ।
सरकारले आउँदो जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन