शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जल शाहको रोषः आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नुपर्छ ?

सोमबार, १२ जेठ २०७७, १० : ०२
सोमबार, १२ जेठ २०७७

हाल अमेरिकामा रहेकी कुनै बेलाकी चर्चित नायिका जल शाहले आफ्नो नेपाल आमालाई माया गर्न नेपालमा नै बस्नुपर्छ भनेर प्रश्न गर्दै रोष व्यक्त गरेकी छिन् ।

सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उनले यस्तो प्रश्न सोध्दै लेखेकी छिन्, ‘केही मानिसहरुको बोली अनुसार म देशलाई माया गर्छु त्यसैले म विदेशमा बसेको छैन । यो कस्तो मानसिकता हो ? कत्तिको जायज छ ? तर यदि तपाईंको देशप्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ । नेपालमा बस्दैमा आफूमात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने ?’

आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई...

Posted by Jal Shah on Sunday, 24 May 2020

यसका साथै उनले नेपालीहरु कोही पनि आफ्नो देश र परिवारबाट टाढा हुन नचाहने र संसारभरी छरिएर आफ्नो सीप अनुसारको काम गर्दै परिवारको पेट पालिरहेको बताएकी छिन् ।

यसबारे उनले प्रश्न सोधेकी छिन्, ‘ उनीहरूलाई ,मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागि । ’

उनले नेपालीको पनि दुईवटा जात हुन्छ र भनेर प्रश्न सोधेकी छिन् । निकै कडा शब्दमा उनले लेखेकी छिन्, ‘ नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा रु नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का रु नेपालीको पनि दुइवटा जात हुन्छ र रु के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्रु देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही आउँछ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप