बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : सुदूरपश्चिममा संक्रमितको संख्या १५

सोमबार, १२ जेठ २०७७, ०९ : ४७
सोमबार, १२ जेठ २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडिटी विधिवाट परिक्षण गरिएका  ६१ जना पोजेटिभमध्ये ५१ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भने, बाँकी ९ जनाको जाँच भइरहेको जनाइएको छ । 

आजसम्म आरडिटी विधिवाट २०७१७ जनामा परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्येबाट  २०६५६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्री ले रातोपाटीलाई जानकारी दिए । 

उनले यो प्रदेशमा कोभिड १९ का  संक्रमित  १५ जना पुगेको बताए । यस अघि नै पाँच जना निको भई घर गई सकेका छन् भने १० जना  बाँकी रहेको उनले बताए । 

संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । हिजो अछाम मेल्लेख गाउँपालिका बस्ने ३२ बर्षिय एक जना पुरुषमा कोभिड १९ पोजिटिभ पुस्टी भएपछि यो प्रदेशमा संक्रमितको संख्या १५ पुगेको उनले बताए ।

संक्रमितहरुको उपचार  सेती प्रादेशिक अस्पतालमा ५ , टिकापुर ३ , जिल्ला अस्पताल वैतडि १ र डडेल्धुरा अस्पताल १ गरी जम्मा १० जनाको उपचार भइरहेको उनले बताए । 

आजसम्म पिसिआर विधिवाट ४४२१ जनाको जाँच गरिएकामध्ये ४४०६ जनामा नेगेटिभ भएको उनले बताए । 

 ५५२ जनाको भने नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ का शंकास्पद १९ जनाको उपचार विभिन्न अस्पतालका आइसोलेसनमा भइरहेको जनाइएको छ । 

सेती प्रादेशिक अस्पतालमा ६, टिकापुर अस्पतालमा ३, अछाम ३ , बैतडी ४ , डोटी २ ,र डडेल्धुरा अस्पतालमा १ गरी १९ जना को उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप