मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

दोहोरो खर्च किन गर्ने ? संक्रमणको जोखिम हेरेर पीसीआरकै दायरा फराकिलो पारौं

नेपालमा अहिलेको कोरोना संक्रमण दोस्रो लहर हो, हाम्रा क्वारेनटाइन रोग सार्ने मुख्य माध्यम बनिरहेका छन् : डा. रविन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
सोमबार, १२ जेठ २०७७, ०१ : १२
सोमबार, १२ जेठ २०७७

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको दोस्रो श्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेसँग रातोपाटीका लागि टुना भट्टले गरेका कुराकानीको सम्पादित उतार ।

नेपालमा आरडीटी परीक्षणमा पोजेटिभ आएर आतंकित बनाउने अनि पिसिआर परीक्षणमा चाहिँ नेगेटिभ आउने घटनाहरु बढी नै आइरहेका छन् । वास्तवमा यस कुराले के संकेत गरिरहेको छः नेपालमा पहिले नै संक्रमण विद्यमान थियो र त्यो निको भइसकेको हो वा अहिले अपनाइएको परीक्षणका तौरतरिकामा नै सोच्नुपर्ने बेला आएको हो ?

पीसीआर परीक्षण आधिकारिक परीक्षणविधि हो । यो विधिमा सिधै भाइरस छ कि छैन हेरिने भएकाले पीसीआर परीक्षण पोजेटिभ आयो भने त्यो सतप्रतिशत भाइरस संक्रमण छ भन्ने थाहा हुन्छ । पीसीआर परीक्षण गर्दा संक्रमण छ भने भएकै दिनदेखि संक्रमण रहने दिनसम्मै पोजेटिभ देखाउँछ । तर आरडीटी परीक्षणले भाइरस देखाउने होइन, एन्टिबडी देखाउने हो ।

सामान्यतया कोरोना संक्रमण भएको एक हप्तापछि शरीरले कोरोनासँग लड्नका लागि एन्टिबडीको विकास गरेको हुन्छ । त्यही एन्टिबडी देखिने हो आरडीटीमा । यो संक्रमण भएको एक हप्तापछि मात्र देखिन्छ । संक्रमण सुरुको अवस्थामा छ भने आरडीटी नेगेटिभ देखिन्छ । आरडीटी पोजेटिभ छ र पीसीआर पनि पोजेटिभ छ भने चाहिँ संक्रमण दोस्रो अवस्थामा छ भन्ने बुझ्नुपर्छ । यो वेला भाइरस पनि देखिने भयो र एन्टिबडी पनि देखिने भयो ।

https://m.telegraphindia.com


आरडीटी किट भनेको डायग्नोसिसको लागि प्रयोग गरिने चिज होइन र यो अनुसन्धान अनि सर्वेक्षणका लागि प्रयोग गरिने हो । गुणस्तरीय किटबाट परीक्षण हुन्छ भने नतिजा चाहिँ विश्वसनीय पनि हुन सक्छ ।


आडीटी पोजेटिभ छ र पीसीआर नेगेटिभ छ भने चाहिँ अहिले हाम्रो नेपालमा व्यापक रुपमा देखिएको जस्तै ५० प्रतिशतसम्म त्रुटि हुन सक्छ । आरडीटी किट भनेको डायग्नोसिसको लागि प्रयोग गरिने चिज होइन र यो अनुसन्धान अनि सर्वेक्षणका लागि प्रयोग गरिने हो । गुणस्तरीय किटबाट परीक्षण हुन्छ भने नतिजा चाहिँ विश्वसनीय पनि हुन सक्छ ।

नेपालमा पहिला आएको किट गुणस्तरहीन थियो । अहिले चीन, सिंगापुर अनि कोरियाबाट आएका किटले संक्रमण छ छैन देखाउँछ र यसले आइजीएम, आइजीजी एन्टिबडी पनि देखाउँछ । संक्रमणको दोस्रो हप्तामा छ भने आइजीएम देखिन्छ भने संक्रमण ठिक भएको छ कि छैन र एन्टिबडी विकास भएको छ कि छैन भन्ने आइजीजीले देखाउँछ ।

अहिलेको नेपालको अवस्थाको कुरा गर्दा यो दोस्रो वेभ (लहर) हो । पहिलो वेभ हामी कहाँ जनवरी फेब्रुअरी मै आइसकेको छ । त्यो बेलाबाटै एक किसिमको संक्रमण फैलिएको छ र त्यो धेरै जिल्लामा फैलिएको छ । अहिले परीक्षण गर्दा व्यापक रुपमा आरडीटी पोजेटिभ देखिएको कारण पनि त्यही हो ।

आरडीटी पोजेटिभ देखिएकालाई पीसीआर नेगेटिभ देखिएको छ । ५० जनाको परीक्षण गर्दा १५/१६ जनालाई आरडीटी पोजेटिभ देखिएको थियो । नेपालको अवस्था हेर्दा एक चरणमा संक्रमण पहिले नै फैलिइसकेको छ । र त्यतिबेला नेपालमा केही मानिसको मृत्यु पनि भएको थियो । त्यतिबेला यी कुनै पनि परीक्षण भएका थिएनन् र हामीले ती मृत्युलाई रुघा खोकीले भन्यौं ।

नेपालको अवस्था हेर्दा एक चरणमा संक्रमण पहिले नै फैलिइसकेको हुन सक्छ । र त्यतिबेला नेपालमा केही मानिसको मृत्यु पनि भएको थियो । त्यतिबेला यी कुनै पनि परीक्षण भएका थिएनन् र हामीले ती मृत्युलाई रुघाखोकीले भन्यौं ।


आरडीटी पोजेटिभ देखिनु र पीसीआर नेगेटिभ देखिनु राम्रो संकेत हो । किनकि त्यसको अर्थ हाम्रो समाजका केही प्रतिशतलाई नोबेल कोरोनाभाइरसको संक्रमण भएको छ र केहीमा रोग प्रतिरोधी क्षमताको विकास भएको छ ।

आरडीटी परीक्षणको विश्वसनीयताका बारेमा विश्वका विभिन्न भागहरुमा अनि नेपालमा नै पनि धेरै प्रश्नहरु उठिसकेका छन् । त्यसका बाबजूद सरकारका कामकार्वाही हेर्दा उसले पीसीआर परीक्षणमा भन्दा बढी जोड आरडीटीमा दिएको देखिन्छ । यसबारेमा तपाईंको भनाइ के छ ?

आरडीटी परीक्षण किट भनेको सुरुमा प्रेग्नेन्सी परीक्षण गर्ने किट जस्तै किट हो । यो सस्तो पर्दछ । यसलाई प्रयोगशालाको आवश्यकता पर्दैन । जतासुकै बोकेर लैजान पनि सजिलो हुन्छ । अर्को भनेको यो परीक्षण गर्न तालिम प्राप्त तथा विज्ञ स्वास्थ्यकर्मीको आवश्यकता पनि पर्दैन र देखेको भरमा परीक्षण गर्न सक्छन् । यी कोरणले गर्दा आरडीटी परीक्षण किटको व्यापक प्रयोग भएको हो । अझ हाम्रो जस्तो मुलुकमा यो सहज हुने भयो ।

पीसीआर परीक्षण विधि महंगो विधि हो । एउटा पीसीआर प्रयोगशाला स्थापना गर्नका लागि झण्डै २ करोड खर्च हुन्छ । हुन त अहिले पोर्टेवल मेसिन पनि आएको छ तर त्यो त्यति भरपर्दो हुँदैन । त्यसैले पीसीआर प्रयोगशाला नै चाहिन्छ । यसका लागि तालिम प्राप्त विज्ञ अनि दक्ष जनशक्तिको आवश्यकता पर्छ । परीक्षणका लागि लिइने नमूना संकलन ठीकसँग भएन भने परीक्षणको नतिजा गलत आउन सक्छ । त्यसैले यसका लागि पनि विशेष तालिम चाहिन्छ ।


पीसीआर परीक्षण गर्दा प्रति व्यक्ति राज्य कै ८ देखि १० हजार खर्च हुन्छ । फेरि हाम्रो देशमा सीमित प्रयोगशाला र जनशक्ति छन् । यी नै कारणले पनि पीसीआर परीक्षणको दायरा कम भएको देखिन्छ । त्यसैले, राज्यले परीक्षणलाई तिव्रता दिएर जनतालाई आश्वस्त पार्न पनि आरडीटीलाई बडी फोकस गरेको हुनुपर्छ ।


पीसीआर परीक्षण गर्दा प्रति व्यक्ति राज्य कै ८ देखि १० हजार खर्च हुन्छ । फेरि हाम्रो देशमा सीमित प्रयोगशाला र जनशक्ति छन् । यी नै कारणले पनि पीसीआर परीक्षणको दायरा कम भएको देखिन्छ । त्यसैले, राज्यले परीक्षणलाई तिव्रता दिएर जनतालाई आश्वस्त पार्न पनि आरडीटीलाई बडी फोकस गरेको हुनुपर्छ ।

तपाईं विज्ञहरुको कुरा सुन्दा पनि के थाहा पाइन्छ भने पीसीआर परीक्षणले संक्रमणको वर्तमान अवस्थालाई मात्रै देखाउँछ । तत्कालका लागि पीसीआर परीक्षण नेगेटिभ आउनुको अर्थ कोरोनाको संक्रमणबाट मुक्त भइयो भन्ने कुराको लाइफटाइम ग्यारेन्टी चाहिँ होइन । भनेपछि कोरोनाको संक्रमणलाई पत्ता लगाउन, नियन्त्रण गर्न र फैलिन नदिनका लागि सरकारले के कुरामा बढी फोकस गर्नुपर्ने देख्नुहुन्छ ?

पीसीआर परीक्षणबाट मात्रै भाइरस संक्रमण छ छैन थाहा हुने भएकाले पीसीआर परीक्षणलाई बढाउनुपर्छ । आरडीटी पोजेटिभ आएपनि पीसीआर नगरी संक्रमण छ–छैन भन्न सकिँदैन । आरडीटीमा नेगेटिभ आएपनि उसको संकास्पद ‘हिस्ट्री’ छ भने पीसीआर गर्नैपर्ने हुन्छ । त्यसैले यो दोहोरो खर्च गर्नुभन्दा संक्रमणको जोखिम हेरेर पीसीआर कै दायरा फराकिलो गर्नुपर्छ । 

अर्को कुरा आज पीसीआर नेगेटिभ आयो भन्दैमा ढुक्क हुन सकिँदैन । आज पीसीआर रिपोर्ट नेगेटिभ आउने भोलिबाट भीडभाड गर्ने, सामाजिक दुरी कायम नराख्ने अनि जथाभावी गर्न थालियो भने जुनसुकै बेलामा पनि संक्रमण हुन सक्छ  ।


आरडीटी पोजेटिभ आएपनि पीसीआर नगरी संक्रमण छ–छैन भन्न सकिँदैन । आरडीटीमा नेगेटिभ आएपनि उसको संकास्पद ‘हिस्ट्री’ छ भने पीसीआर गर्नैपर्ने हुन्छ । त्यसैले यो दोहोरो खर्च गर्नुभन्दा संक्रमणको जोखिम हेरेर पीसीआर कै दायरा फराकिलो गर्नुपर्छ । अर्को कुरा आज पीसीआर नेगेटिभ आयो भन्दैमा ढुक्क हुन सकिँदैन । आज पीसीआर रिपोर्ट नेगेटिभ आउने भोलिबाट भीडभाड गर्ने, सामाजिक दुरी कायम नराख्ने अनि जथाभावी गर्न थालियो भने जुनसुकै बेलामा पनि संक्रमण हुन सक्छ  ।


अहिलेको मुख्य जोखिम क्षेत्र भनेको सीमा नाका नै हो । भारतबाट अव्यवस्थित रुपमा र विनापरीक्षण यति धेरै मानिस छिरेका छन् कि उनीहरुबाट संक्रमण फैलिन थालिसकेको छ । त्यसैले सीमालाई अत्यन्त व्यवस्थित गरिनुपर्छ । स्वदेश फर्कन चाहनेका लागि व्यवस्थित तवरले क्वारेन्टाइनमा राखिनुपर्छ । क्वारेन्टाइन स्थल व्यवस्थित र ठूलो क्षमताको हुनुपर्छ । क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर परीक्षण गरी संक्रमित छुट्याएर अस्पताल वा अन्य आइसोलेसनमा राखी उपचार गर्नुपर्छ ।

नरैनापुरको क्वारेन्टाइनको जस्तो अवस्था भयो भने त्यो के काम भयो र ? उक्त क्वारेन्टाइनमा एक जनाको मृत्यु भएपछि अर्को दिन ४९ जनामा पोजेटिभ देखियो । अहिले उक्त क्वारेनटाइनमा दैनिक संक्रमित थपिएका छन् । यसको मतलब हाम्रा क्वारेनटाइनहरु रोग सार्ने प्रमुख माध्यम बनिरहेका छन् ।


नरैनापुरको क्वारेन्टाइनको जस्तो अवस्था भयो भने त्यो के काम भयो र ? उक्त क्वारेन्टाइनमा एक जनाको मृत्यु भएपछि अर्को दिन ४९ जनामा पोजेटिभ देखियो । अहिले उक्त क्वारेनटाइनमा दैनिक संक्रमित थपिएका छन् । यसको मतलब हाम्रा क्वारेनटाइनहरु रोग सार्ने प्रमुख माध्यम बनिरहेका छन् ।


त्यसैले पहिला त तत्काल डब्लुएचओको मापदण्डअनुसारका क्वारेन्टाइनको विकास गरिनुपर्छ । क्वारेन्टाइनस्थलमा सरसफाइ, स्वच्छ पानी, खाना, शौचालय, औषधी, स्वास्थ्यकर्मीको व्यवस्था, एम्बुलेन्स अनि अस्पतालसँगको समन्वयलाई विशेष ध्यान दिनुपर्छ । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आएपनि लक्षण देखिएकालाई र नदेखिएकालाई अलग अलग राख्ने व्यवस्था हुनुपर्छ ।

दोस्रो भनेको संक्रमित क्षेत्र सिल गरिनु पर्‍यो । लकडाउन सधैँ लम्बाइ राख्न नसकिने भएकाले संक्रमित क्षेत्रबाट आवतजावत बन्द गर्ने, सिल गरिने अवधिसम्मका लागि उक्त क्षेत्रका वासिन्दालाई खानालगायतको व्यवस्थाका लागि सरकारले अभ्यास थाल्नुपर्छ ।

र, अर्को भनेको अब विस्तारै सेमी लकडाउनमा जान सकिन्छ र त्यसका लागि सुरक्षित क्षेत्रबाट सुरक्षित क्षेत्रको यात्रालाई प्रोत्साहन गरिनु पर्छ । जस्तोः काठमाडौंबाट पोखराका लागि यात्रा गर्न सकिने भयो भने काठमाडौंबाट नेपालगञ्ज भैरहवा बन्द गर्ने । सामाजिक र भौतिक दुरी कायम गर्ने, सुरक्षाका लागि अपनाउनुपर्ने जस्तोः मास्क, पन्जा, चस्मा अनिवार्य लगाउने गर्दा संक्रमणबाट बच्न सकिन्छ ।

संक्रमणका कुनै लक्षण नभएका तथा संक्रमितसँग खासै लसपस नभएका हुने खाने र पहुँच हुनेहरुले सरकारी आयोजनामा पीसीआर परीक्षण गर्ने गरेको तर वास्तवमै पीसीआर परीक्षण गर्नैपर्नेहरुले चाहिँ त्यो अवसर प्राप्त नगरिरहेको समाचार पढ्दा देखिन्छ । यो देख्दा तपार्ईलाई कस्तो लाग्छ ?

विकसित देशहरुमा हेर्ने हो भने कुनै पनि व्यक्तिले आफ्नो स्वेच्छाले पीसीआर परीक्षण गर्न पाउँदैन । जोखिमयुक्तका लागि प्राथमिकता दिनुपर्ने भएकाले जोखिममा नभएकाले पीसीआर परीक्षण गर्न पाउँदैनन् । र, यो व्यक्तिको अनुरोधमा गरिने कुरा पनि होइन ।


विकसित देशहरुमा हेर्ने हो भने कुनै पनि व्यक्तिले आफ्नो स्वेच्छाले पीसीआर परीक्षण गर्न पाउँदैन । जोखिमयुक्तका लागि प्राथमिकता दिनुपर्ने भएकाले जोखिममा नभएकाले पीसीआर परीक्षण गर्न पाउँदैनन् । र, यो व्यक्तिको अनुरोधमा गरिने कुरा पनि होइन ।


मानौं मेरो पीसीआर परीक्षण गर्न आयो भने म गर्दिनँ, किनकि मैले गर्ने ठाउँमा अर्को जोखिमयुक्त व्यक्तिले गर्न पाउँछ नि त, हो यो ख्याल गर्नुपर्छ । अहिले पीसीआर गर्दैमा र रिपोर्ट नेगेटिभ आउँदैमा भोलि पोजेटिभ आउँदैन भन्ने होइन ।

पीसीआर परीक्षण गर्ने व्यक्तिको ट्राभल हिस्ट्री हेरिनुपर्छ, संक्रमितसँगको सम्पर्क पुष्टि हुनुपर्छ र उसलाई संक्रमण हुन सक्ने खालका लक्षणहरु देखिनुपर्छ ।  नत्र पीसीआर गर्नु जरुरी छैन । यति महंगो परीक्षण पहुँच कै आधारमा हुनु एकदम गलत हो ।

जनता लकडाउन खुल्ने दिनको प्रतिक्षामा छन् । लकडाउनको विकल्पमा जानुपर्ने माग पनि उठिरहेको वेला कसरी संक्रमणबाट बच्न सकिन्छ ? लकडाउनको विकल्प के हुन सक्छ ? , जोखिमबाट बच्नेबारे यहाँको सुझाव के छ ?

संक्रमित दिनदिनै बढिरहेको अहिलेको अवस्थामा १५ दिन जति कर्फ्यूको सैलीमा कडा लकडाउन गरौं । परीक्षणको दायरा व्यापक बनाएर संक्रमित क्षेत्रमा आवतजावत नै बन्द गराउने अनि सिमालाई व्यवस्थित गराउने तर्फ लागौं । मैले अघि नै भनें नि क्वारेन्टाइनको लापर्वाहीले मानिसको ज्यानै गयो । अहिले भित्रभित्रै संक्रमण फैलिरहेको छ । त्यसैले संक्रमित क्षेत्र सिल गरौं ।

लकडाउनलाई लम्ब्याउँदै जानेभन्दा पनि लकडाउनलाई १५ दिनको लागि निकै कडा बनाउनु जरुरी छ । यसोगर्दा संक्रमितमध्ये ८५ प्रतिशतलाई त आफैँ निको हुन्छ । लक्षण देखिइहाल्यो भने अस्पताल लगिहाल्ने व्यवस्था गरिनुपर्छ । त्यसो गर्दा समुदायमा संक्रमण फैलिन पाउँदैन ।


लकडाउनलाई लम्ब्याउँदै जानेभन्दा पनि लकडाउनलाई १५ दिनको लागि निकै कडा बनाउनु जरुरी छ । यसोगर्दा संक्रमितमध्ये ८५ प्रतिशतलाई त आफैँ निको हुन्छ । लक्षण देखिइहाल्यो भने अस्पताल लगिहाल्ने व्यवस्था गरिनुपर्छ । त्यसो गर्दा समुदायमा संक्रमण फैलिन पाउँदैन ।


१५ दिनपछि लकडाउन खुकुलो गर्नुपर्छ । त्यसका लागि रेड, एल्लो र ग्रीन जोन छुट्याउने । अस्पतालमा आइसोलेसन कक्ष, आइसीयू तथा भेन्टिलेटरको संख्या बढाउने । परीक्षणको दायरा बढाउने अनि संक्रमित क्षेत्रमा आवतजावतलाई बन्द गराउने । 

मुख्य कुरा भनेको नागरिक आफैँ पनि सचेत हुनुपर्छ । अटेरी गर्ने, जथाभावी हिँड्ने मर्निङ, इभिनिङ वाक, सपिङका लागि हुल बाँधेर हिँड्ने काम बन्द गरौं । अहिले जसरी बिहान बेलुका पसल खोल्ने गरिएको छऽ यसो गर्दा मानिसहरु एकैपटक सामान खरिद गर्न जाने हुँदा हुलमुल बढेको छ । त्यसैले बिहान बेलुका बरु कर्फ्यू नै लगाऔं र दिउँसो अलि लामो समय पसल खोल्ने व्यवस्था गर्दा भीडभाड कम हुन्छ ।

र, भिडभाड मुख्य सडकमा नभई भित्री वस्तीमा बढी हुने भएकाले सुरक्षा गस्तीलाई भित्री बस्तीमा परिचालन गरौं ।

मास्कलाई अनिवार्य गरौं । मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने अनि ३ जनाभन्दा धेरैजना संगै हिँडेमा जरिवाना तोकौं । यसो गर्दा अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न सहज हुन्छ । अब उही पुरानो मोडेलअनुसार लकडाउन थपिराख्दा थप अन्य समस्या बढ्न सक्ने खतरा देखिएको छ ।


Title photo Background : Background photo created by freepik - www.freepik.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप