कोरोना संक्रमित भेटिएलगत्तै ककनी गाउँपालिका–३ सिल
आइतबार, ११ जेठ २०७७, २३ : ४१
काठमाडौं । आइतबार एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएलगत्तै नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ सिल गरिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष मीनबहादुर लामाले एक विज्ञप्ति जारी गरी आजको मितिबाट सो वडाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय र संघसंस्थाहरु १० दिनका लागि सिल गरिएको जानकारी दिएका हुन् ।
सो समयावधिभित्र अतिआवश्यक एम्बुलेन्स सेवा र स्वास्थ्य सेवा बाहे अन्य सवारी साधनहरु नचलाउन, अनावश्यक रुपमा पैदल हिँडडुल तथा भीडभाड गर्ने जस्ता कार्य नगर्न नगराउन समेत अध्यक्ष लामाले आग्रह गरेका छन् । यदि त्यस्तो गतिविधि गरिएको पाइएमा सुरक्षाकर्मीहरुले प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन